माओवादी केन्द्रको बैठक सुरु, बैठक सञ्चालन शैलीमा नयाँपन(तस्बीरहरु )

काठमाडौं । नेकपा माओवादी केन्द्रले बैठक सञ्चालन शैलीमा नयाँपन दिएको छ । यसअघिका केन्द्रीय समिति बैठकमा अध्यक्षले राजनीतिक प्रस्ताव लम्बेतान पेश गर्ने र त्यसलाई बाचन गर्ने परम्परा भएकोमा त्यसलाई तोडिएको अध्यक्ष प्रचण्डले जानकारी दिए ।


आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन नभनी संक्षिप्त प्रस्ताव वितरण गर्ने बताएका छन् । सो प्रस्ताव सबै सदस्यहरुलाई वितरण गरिने प्रचण्डले बताए ।

‘बैठक सञ्चालनबारे जानकारी’ भन्दै प्रचण्डले बैठकमा भने, ‘यो पटक राजनीतिक प्रतिवेदन पेश वा बाचन हुँदैन । एउटा प्रस्तावजस्तो त पेश हुन्छ र यो सबै वितरण पनि गरिन्छ’, बैठकमा प्रचण्डले भने, ‘प्रस्तावमा अहिलेको स्थितिबारे संक्षिप्त विश्लेषणका साथै हामीले गर्नुपर्ने कामहरु बारे बुँदागत रुपमा राखिएको छ ।’

प्रस्ताव अध्ययन गरेर आएर केन्द्रीय सदस्यहरुले सुझाव दिनसक्ने प्रचण्डले बताए । यस्तै प्रस्तावबारे समूहगत छलफल नगरी खुला छलफल चलाइने पनि प्रचण्डले बताए ।

कमेन्ट गर्नुहोस्