प्रचण्डको राजनीतिक प्रतिवेदनः पार्टी शहरमा भन्दा गाउँमा बलियो (पूर्णपाठसहित)

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफ्नो पार्टी शहरमा भन्दा गाउँमा बलियो देखिएको बताएका छन्।पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो जनाइएको हो।

गएको स्थानीय तह निर्वाचनको समीक्षा गर्दै प्रचण्डले नेपाली कांग्रेसको मत परिणाम हेर्दा सहरको तुलनामा गाउँमा कमजोर देखिएको उल्लेख गरे।

यस्तै, नेकपा (एमाले) को मत परिणाममा ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा खासै भिन्नता नभएको उनले जनाएका छन्। माओवादीको मत परिणाम भने सहरको तुलनामा गाउँमा मजबुत देखिएको उनले उल्लेख गरेका छन्।

“कसैले माओवादीको जनमत घटेको प्रचार गर्दैमा आत्तिनुपर्ने अवस्था छैन। कुल मतमा पहिलो चुनावको तुलनामा दोस्रो चुनावको तथ्यांकमा कमी देखिए पनि पहिलेकोभन्दा बढी ९२३ स्थानीय तहमा जित हासिल गरेको छ,” प्रतिवेदनमा लेखिएको छ।

आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेको १० बुँदे प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ प्रस्तुत गरिएको छ।

पढनुहोस् पूर्णपाठ

कमेन्ट गर्नुहोस्