विश्वराजको मुद्दाको सुनुवाइ अन्तिम चरणमा

काठमाडौं । आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । आइतबार आईजीपी धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका गरेपछि आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ । त्यसअघि असार २३ गतेभित्र हालसम्म भएका बहस नोट बुझाउन अदालतले आदेश दिएको छ ।

 

प्रहरी महानिरीक्षक ९आइजीपी० नियुक्त विरुद्ध एआईजीपी विश्वराज पोखरेलले मुद्दाको सुनुवाइ सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा हुँदै आएको छ। कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा आइतबार चौथो पटक सुनुवाइ भएको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको थियो ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

कमेन्ट गर्नुहोस्