प्रचण्ड र माधव नेपालसहित तत्कालिन नेकपाका बहुमत स्थायी समितिबीच छलफल

काठमाडौं । बाग्मति प्रदेशमा सरकार परिवर्तनकाे अभ्यास चलिरहेकाे बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच छलफल सम्पन्न भएकाे छ ।  साविक नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का बहुमत सचिवालय सदस्यहरु अध्यक्ष कमरेड प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठका बीच भेटवार्ता भएकाे हाे ।
भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल भएको छ।
नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ ।

कमेन्ट गर्नुहोस्