अन्तिम समयमा बजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा राष्ट्रिय सभा बैठकको जोड

काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले अन्तिम समयमा बजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

बैठकको विशेष समयमा बोल्दै सांसदहरू अनिता देवकोटा, भैरवसुन्दास श्रेष्ठले हरेक वर्षको अन्तिम समयमा बजेट खर्च गर्ने परिपाटिले देशको विकासलाई सहयोग नपुग्ने भन्दै समयमै काम गर्ने तथा विनियोजित बजेट खर्च गर्न नीतिगत सुधार गर्नुपर्ने बताए ।

यस्तै बैठकमा सांसदहरूले कृषकलाई पर्याप्त मल उपलब्ध गराउन, वर्षासँगै तराई क्षेत्रमा हुने डुबान र पहाडी क्षेत्रको बाढी पहिरोको कारण पुग्ने क्षति र नागरिकको जीवन सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सांसदहरुले बोल्ने क्रम जारी छ ।

कमेन्ट गर्नुहोस्