माओवादी केन्द्रीय कमिटी बैठकमा आज प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नको दिने छन् । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले जवाफ दिने भएका हुन् ।

 

यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका हुन् ।

सोमबारको बैठकमा ४६ जना नेताहरूले भाग लिएका थिए । उनीहरुले स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माण बारेमा विशेष कुरा उठेको बताएका थिए ।बैठकमा अधिकांशले गठबन्धन भन्दा तालमेलको रुपमा स्थानीय चुनावको सहि र वस्तुनिष्ट समिक्षा गर्दै तालमेललाई व्यवस्थित बनाउँनुपर्नै बताएका छन् । तर केहि केन्द्रिय सदस्यले भने बाम तालमेलमा जोड दिनुपर्ने धारणा राखेका छन् ।

बैठकमा मूलतः आगामी चुनावमा पार्टीलाई सशक्त बनाएर अघि बढ्नुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिएका छन् । तालमेल गरेर चुनावमा जाँदा पार्टीले सम्मानजनक सिट पाउनुपर्नेमा पनि सदस्यहरुले जोड दिएका छन् । तर, तालमेलभन्दा पनि पहिलो प्राथमिकता एक्लै चुनावमा जानेगरी पार्टीलाई बलियो बनाइनुपर्नेमा उनीहरुको जोड छ ।

कमेन्ट गर्नुहोस्