माओवादी बैठक स्थगित, भोलि १ बजे बस्ने

काठमाडौं । आज ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम थियो ।

पदाधिकारी चयन लगायत अन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइएको छ । अर्को  बैठक आवश्यक गृहकार्य सहित भोलि १ बजे कमलादीमै बस्ने अध्यक्ष प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

 

यसअघि सोमबारको बैठकमा पदाधिकारीका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनबारे विषय आएका थिए ।

कमेन्ट गर्नुहोस्