छुट्टाछुट्टै पार्टी बनाउने यादव र भट्टराई तयारी

काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै पार्टी बनाउने तयारीमा लागेका छन् ।

दुवै नेताले एउटै मितिमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर अलग पार्टी निर्माणमा जुटेको स्पष्ट परेका छन् ।

 

जसपा अध्यक्ष यादवले असार २७ र २८ गते वीरगन्जमा कार्यकारिणी समिति बोलाएका थिए । तर त्यसलाई सारेर २९ र ३० गतेका लागि बोलाएका छन् भने भट्टराईले पनि सोही मितिमा नै काठमाडौंमा केन्द्रीय कार्यकारिणी समिति बोलाएका छन् ।

यस अघि दुवै पक्ष सहमतिमै छुट्टिने निर्णय गरेका थिए ।

कमेन्ट गर्नुहोस्