रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा रहेको रोल्पा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।
५० जना मात्र कैदीबन्दी राख्न मिल्ने कारागारमा अहिले १ सय १२ जना कैदीबन्दी राखिएको छ ।
३५ जना पुरुष र १५ जना महिलागरी जम्मा ५० कैदीबन्दी रहन सक्ने क्षमताको कारागारमा हाल १० जना महिला र १ सय २ जना पुरुषसहित १ सय १२ जना कैदी बन्दी छन् ।
क्षमताभन्दा धेरै कैदीबन्दी कारागार हुँदा कैदीबन्दीलाई बस्ने समस्यादेखि सुरक्षामासमेत चुनौती थपिएको छ ।