काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज मंगलबार बिहान बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
रामेछापबाट काठमाडौं आउँदै बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् । उनीहरुको उपचारका लागी धुलिखेल ल्याइएको छ ।
घाइतेहरुको उद्दार कार्य जारी छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । रामेछापका डिएसपी थिङ दुर्घटनास्थलमा जाँदै छन् । उद्दारको लागि नेपाली सेनाको MI 17 हेलिकप्टर काठमाण्डौबाट घटनास्थल तर्फ उडेको छ । घाइतेको उद्दारका लागि सुनापति गाउंपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सहितको टोली दुर्घटना लगत्तै लुभु पुगिसकेको छ ।
लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको हाे ।