पार्टीभित्र त मिल्न सकेकाे छैन, गठबन्धनभित्र समस्या उत्पन्न हुनु सामान्य: देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या हुने कुरा स्वभाविक रहेकाे बताएका छन् ।

काठमाडौंमा नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्दै आज मंगलबार देउवाले पार्टी र गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको बताए ।

साेही कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र झगडा सुरु भएको प्रसंग उठाएपछि गुरुङलाई जवाफ दिँदै प्रधानमन्त्री देउवाले एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुनुलाई सामान्य रुपमा लिनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा कांग्रेस धनराज उपसभापति गुरुङले पाँच दलीय गठबन्धनलाई उडिरहेको जहाजसँग तुलना गर्दै सुरक्षित अवतरण नहुँदै जहाजभित्र झगडा सुरु भएकोमा चिन्ता व्यक्त गरेका थिए । स्थानीय चुनावका लागि बनाइएको गठबन्धनको जहाजलाई सुरक्षित अवतरण गराउनुको विकल्प नभएको र मिसन पूरा नहुँदै आरोप प्रत्यारोप गर्नु अपरिपक्व राजनीति भएको उनकाे ठहर थियाे ।

कमेन्ट गर्नुहोस्