काँग्रेस पदाधिकारी बैठक: यस्तो भो छलफल

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक सकिएको छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठक चुनावी रणनीति र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि सहभागी थिए । उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बसेको बैठकले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएको निवेदनबारे निर्णय हुने उनले बताए ।

काँग्रेसका १३ भ्रातृ र १९ शुभेच्छुक संस्था रहेका छन् । यसमध्ये केहीलाई मर्ज गर्ने र थप केहीलाई मान्यता दिने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति ल्याउनुपर्नेमा नेताहरुले जोड दिएका थिए । युनियनको ९ औं महाधिवेशन साउन ६ र ७ गते हेटौँडामा हुँदैछ ।

कमेन्ट गर्नुहोस्