नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर संशोधित विधेयक दर्ता गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।

 

‘प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको छ । संशोधित विधेयक बुधबार पेश हुने छ । उक्त नागरिकता विधेयक केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

कमेन्ट गर्नुहोस्