वैद्य ,बाबुराम र बिप्लवबाट पाठ सिक्न पवन कार्कि समुहलाई पंचा सिंहको आग्रह

काठमाडौं ।अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले माओवादी आन्दोलन विभाजन गर्ने वैद्य ,बाबुराम र बिप्लवबाट पाठ सिक्नुपर्ने भनाइ राखेकी छन् ।अखिल (क्रातिकारी)को तिन महिने अभियान “विद्यार्थीसँग अखिल(क्रान्तिकारी)” को आज काठमाडौमा उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्ने क्रममा सिंहको यस्तो भनाइ आएको हो।

माओवादीप्रति एक पटक फेरि जनतामा बिश्वास देखिएको स्थानीय निर्वाचनले पुष्टि गरेको बताइन् । प्रचण्डलाई गालि गर्दै नयाँ अभियान चलाएका वैद्य, बाबुराम र विप्लवहरुको हालत खराब भएको सिंहको भनाई थियो । “माओवादीका निम्ति पार्टीलाई २०६४ को जस्तो विशाल बनाउने नयाँ मौका आएको छ, तर कतिपय साथीहरु यो अवसरलाई सदुपयोग गरेर जानु पर्नेमा केहि साथीहरु बखेडा खडा गर्न लागि परेका छन ।” उनले भनिन, “उनीहरुले फुटेर गएका वैद्य, विप्लव र बाबुरामहरुबाट सिकुन् की विभाजनको घाउ कति पिडापूर्ण हुन्छ ! ”

केहि नेताको स्वार्थका कारण विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) भित्र अराजकता भएको सिंहको आरोप थियो । उनले विद्रोही विद्यार्थी समुहलाई बाहिर बरालिन छोडेर छलफलमा सहभागी हुन आग्रह समेत गरिन् । उनले यस अघि संगठनको स्थितिबारे माइनोट समेत नपाएको भन्दै आफुले संगठन व्यवस्थित गरेर लैजाने बताइन्।

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष पवन कार्किले अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान बिपरित पदाधिकारी चयन देखी केन्द्रीय समितिमा सदस्य थप गरेको भन्दै लामो समय देखी असन्तुष्टी राख्दै आएको थियो । कार्की समुहले अखिल क्रान्तिकारीको बिशेष राष्ट्रिय भेला भन्दै आयोजक समिति गठन गरेर समानान्तर गतिविधि गरेपछि अध्यक्ष सिंहको तेस्तो प्रतिक्रिया आएको हो ।

अध्यक्ष सिंहले चुरिफुरि गरेर पार्टी फुटाउनेहरु अहिले प्रचण्डको राजनीतिक लाइन स्विकार्दै मास्क लगाएर खुमलटार छिरिरहेको आरोप समेत लगाइन् ।

माओवादी भातृ संगठन अखिल(क्रान्तिकारी)ले “विद्यार्थीसँग अखिल(क्रान्तिकारी)” भन्ने नारा अन्तर्गत २३ गते कर्णाली , २६ गते सुदुरपश्चिम , ३१ गते बागमती सहित लुम्बिनी प्रदेश, गण्डकी प्रदेश , मधेश प्रदेश र एक नम्बर प्रदेशमा अभियान उद्घघाटन गर्ने अखिल क्रान्तिकारीका उपाध्यक्ष गणेश मैनालीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्