निर्वाचन मितिबारे प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल हुँदै

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्न निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज छलफल हुने भएको छ । आयोग पदाधिकारीले छलफलका लागि हिजो मंगलबार नै समय मागे पनि प्रधानमन्त्रीको व्यस्तताका कारण बुधबारलाई समय तय भएको हो ।

आज ३ बजे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल हुँने भएको हो ।

प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले तीनवटा विकल्पसहितको निर्वाचन मिति सिफारिस गर्ने तयारी गरेका छन् । आयोग स्रोतका अनुसार आयोगले कात्तिक ३०, मंसिर २ र ५ गरी तीनवटा विकल्पसहितको निर्वाचन मिति सिफारिस गर्ने तयारी छ ।

त्यस्तै निर्वाचन सम्पन्न गर्न करिव नौ अर्व खर्च लाग्ने पनि आयोगको अनुमान छ । निर्वाचन एकै चरणमा गर्दा उपयुक्त हुने सुझाव दिन लागेको आयोगका एक आयुक्तको भनाइ छ । आयोगसँगको परामर्शमा सरकारले निर्वाचन मिति तोक्ने संवैधानिक व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्