प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं। प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। तर दिउँसो १ बजेसम्म बैठक बस्न सकेको थिएन। अर्को बैठक आजै दिउँसो २ बजेका लागि तोकिएको छ।

संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले विशेष कारणले बस्न नसक्ने भएकोले समय परिवर्तन गरिएको बताए। ‘आज मिति २०७९ साल असार २२ गते बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९२० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, गौतमले जारी गरेको सूचनामा उल्लेख छ।

कमेन्ट गर्नुहोस्