अर्थमन्त्री जनार्दन शर्माले दिए राजिनामा

काठमाडौं । प्रतिनिधि सभामा संसदीय छानबीन समिति गठन गर्ने प्रस्ताव पेश गरेलगत्तै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भने, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’

संसदमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको बारेमा आफूलाई जानकारी नभएको बताएका थिए ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको भन्दै अर्थमन्त्रीमाथि सार्वजनिक रुपमा प्रश्न उठेपछि आज बसेको प्रतिनिधि सभाको बैठकमा उनीमाथि छानबीन गर्न ११ संसदीय विशेष समिति गठन गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्