हजारौं छानबिनका लागि तयार छु : जनार्दन शर्मा

काठमाडौं । माओवादी नेता जनार्दन शर्माले संसद्मा एउटा संसदीय छानबिन होइन हजारौं छानबिनका लागि तयार रहेको बताएका छन् । संसदमा संबोधन गर्दै छानबिनका लागि बनाइएको एउटा मात्र नभएर हजारौं समिती बनाइए पनि छानबिनका लागि आफु तयार रहेको बताएका हुन् ।

शर्माले प्रतिपक्षी एमालेलाई ईंगीत गर्दै भने, ‘आयात प्रतिस्थापन गर्ने नीति बजेटले लिँदा राष्ट्रघात हुने हो ?’ अर्थमन्त्री शर्माले सिसिटीभी क्यामेराको विषयलाई सीसीटीभीको क्षमता कति हुन्छ भनेर अर्थमन्त्रीले नजान्ने बताए । उनले एएटा मन्त्रीले क्यामेराको क्षमता कती हुन्छ कसरी जान्दछ’ भन्दै प्रश्न गरेका छन् । अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई बजेटमा करका दर परिवर्तन गर्न संलग्न बनाएको भन्दै उठेका प्रश्नमा संसदीय छानबिन गठनपछि उनले यस्तो प्रश्न उठाएका हुन् ।

अर्थतन्त्रको सुधार कसरी गर्ने, जनताको जीवनमा सहजता कसरी ल्याउने भनेर सोच्ने होला नि ? उनले विद्युतीय गाडीमा लगाएको करका विषयमा प्रश्न उठाएको भन्दै आफूले डलर संचिती घटिरहेका बेला बढी मूल्य पर्नेमा कर बढाएको बताए । पेट्रोलियम गाडीको भन्दा एकतिहाई कम तोकिएको छ, अर्थमन्त्रीले अर्थतन्त्र जोगाएर अघि बढ्नेगरी निर्णय गर्दा कसरी राष्ट्रघाट हुन्छ ? उनले छानबिन समितिले तथ्य बाहिर ल्याउने भन्दै आफूले राजीनामा दिएको घोषण गरे ।

 

कमेन्ट गर्नुहोस्