एन आरएन ए नन रेसिडेण्ट नेपाली एसोसिएशनको प्रथम साधारण सभा सम्पन्न , अध्यक्षमा मरासिनी निर्वाचित

काठमाडौं । एन आर एन ए नन रेसिडेण्ट नेपाली एसोसिएशन अन्तरास्ट्रिय तदर्थ समितिको प्रथम साधारण सभा यहि जुलाई ३ र ४ मा सम्पन्न भएको छ ।साधारणसभाले जात ,धर्म ,क्षेत्र र राजनीति भन्दा माथि उठेर परदेशमा बस्ने नेपाली हरुको हित गर्दै,घरदेशका बालबालिका हरुको गुणस्तरीय शिक्षमा सहयोग पुर्याउने उदेश्य लिएको साधारण सभामा उपस्थित प्रतिनिधिहरुले जनाएका छन् ।

भर्च्युल माध्यमबाट संचालन भएको साधारण सभामा ६० देशका प्रतिनिधि हरुको सक्रिय उपस्थिति रहेको थियो । साधारण सभाको उद्घाटन अन्तरास्ट्रिय तदर्थ समितिका संयोजक माधब मरासिनीले नेपालका अति विपन्न परिवारका विद्यार्थीहरुलाई कापी कलम लगायतका शैक्षिक सामग्री वितरण गरेका थिए। सभाले अन्तरास्ट्रिय तदर्थ समितिका संयोजक मरासिनीको अध्यक्षतामा दुई दिन सम्म चलेको साधारण सभाले आगामी चार बर्षको लागि श्री माधब मरासिनीको अध्यक्षतामा २७ सदस्यीय अन्तरास्ट्रिय समन्वय समिति निर्वाचित गरेको छ ।

यससँगै यस साधारण सभाले आगामी १ वर्ष भित्रमा ६० देशमा राष्ट्रिय समन्वय समिति र ७ ओटा क्षेत्रमा क्षेत्रिय समन्व समिति गठन गर्ने,आफ्ना सदस्यहरुलाई आपत बिपतमा राहत प्रदान गर्न प्रत्यक बर्ष १ करोडका दरले आगामी चार वर्ष भित्र ४ करोड बराबरको कल्याणकारी कोष जम्मा गर्ने, एशोसिएशनले संचालन गरिरहेको गरिब तथा जेहेन्दार विद्यार्थीलाई कापी कलम प्रदान गर्ने मातृभूमि सेवा यात्रा कार्यक्रम लाइ निरन्तरता दिने, यस कार्यसमितिको कार्यकाल अवधिमै सातै प्रदेश समेटिने गरि अत्यन्तै दुर्गम र अत्यावस्यक ठाउ हेरी ७ वटा एम्बुलेन्स प्रदान गर्ने, आफ्ना सदस्य र परिवारहरु नेपाल जाँदा बस्नको लागि काठमाडौँमा सुबिधा सम्पन्न अतिथि गृह संचालन गर्ने, दक्ष स्वस्थायाकर्मीहरु संगको समन्वयमा नेपालका दुर्गम तथा गरिब बस्तिहरुमा स्वास्थ्य शिबिर संचालन गर्ने , सामाजिक सेवाका लागि उद्यम अन्तर्गत संचालन गरिरहेको एनआरएनए कापी उद्योगलाई सातै प्रदेशमा बिस्तार गर्दै आधुनिकीकरण गर्ने , सस्थाको सदस्यता ग्रहण गर्ने हरेक सदस्यहरुलाई लोगो ९पिन० बोतल र झण्डा हस्तान्तरण गर्नको लागि १ लाख प्रति पिन, झण्डा र बोतल अर्डर गर्ने , अन्तरास्ट्रिय कार्यालय संचालनका लागि अमेरिकाको क्यालिफोर्नियामा लिएको लिएको ठाउलाई ब्यबस्थित गर्ने,आफ्ना सदस्यका नेपाल पठाउनु पर्ने सामान हरु र नेपाल बाट विदेश लानु पर्ने सामानहरु आदान प्रदान गर्न सहजीकरण गर्ने निर्णय गरेको छ।

यसै गरि साधारण सभाले तदर्थ समितिले पेश गरेको लोगो,झण्डा,ब्यानर र पिन सर्वसम्मतले पारित गरेको छ। यसका साथै अब उपरान्त सबै कमिटि हरुले यहि लोगो , झण्डा , पिन र ब्यानर प्रयोग गर्नु पर्ने निर्णय समेत गरेको छ।

पूर्व निर्धारित कार्यक्रम र सूचना अनुसार नर्थ क्यारोलाइनामा संसार भरिका प्रतिनिधि हरुको उपस्थितिमा कार्यक्रम गर्ने भनिएको भएपनि “प्रविधिको प्रयोग गरौ,फजुल खर्च नगरौ,सबै खर्च जोगाइ बालबालिकाको शिक्षामा लगानी गरौ” भन्ने नाराका साथ भर्च्युल कार्यक्रम गरिएको थियो । यसो किन गरियो भन्ने हाम्रो जिज्ञाशामा नब निर्वाचित अध्यक्ष माधब मरासिनी ले भने, “अन्य सस्थाले कार्यक्रमको आवरणमा सदस्य हरुबाट उठाएको रकम स्वाहा पार्ने , मोज गर्ने र नेपाल बाट पाहुना बोलाउने नाममा लाखौ उडाउने अनि मानब तस्करी लाइ प्रस्रय दिने गतिबिधि बढेकोले हामीले भर्च्युल माध्यम रोजेका हौं।” उनले थप्ने, “हामी प्रबिधि मैत्री भएकोले हाम्रो करोडौ रकम बचत हुँदैछ। जसले आगामी दिनमा नेपालका हजारौं बालबालिकालाई शिक्षा दिन सकिने छ ।”

एशोशिएसनले उद्घाटन कार्यक्रमको शैली समेत फेरेको र परदेशका सबै संघ सस्थाहरुले यहि शैली अपनाउन सकेमा नेपालका दुःखि गरिबको हित हुने अनि खादा माला संस्क्र्तिको अन्त्यहुने मरासिनीको दाबि छ।

गैर आवासीय नेपाली संघ गूट उपगुट र नेपाली राजनीतिको दल दलमा फसी नन रेसिडेण्ट नेपालीहरुका माझमा बदनाम हुँदै गएकोले परदेशमा बस्ने नेपाली हरुको हित संगै घरदेशको समेत सेवा गर्न एन आर एन ए नन रेसिडेण्ट नेपाली एसोसिएशनको स्थापना गरिएको हो । यसले स्थापना काल देखिनै जात धर्म क्षेत्र र राजनीति भन्दा माथि उठेर नन रेसिडेण्ट नेपालीहरुलाइ संगठित गर्ने र मातृभूमिका बालबालिकाहरुका लागि सेवा यात्रा संचालन गरिरहेको छ। यो बिचमा ५००० बिद्यार्थी हरुलाई ५० लाख बराबरको सैक्षिक सामग्री वितरण गरि सकेको छ। सामाजमा पछाडी पारिएका गरिब ,अतिविपन्न बर्गका बालबालिका माझमा पुगेर यो सस्थाले सबैको मन जितेको छ। चेपांग ,बोटे , दलित समुदायमा पुगेर सेवा गर्दा सारै खुसि लागेको एसोशिएशनले बताएको छ।

भर्खर जन्मिएको सस्थाले नयाँ शैलीमा यति धेरै काम गरिरहेको अवस्थामा पुराना सस्थाहरु पदको छिना झम्टिमै लागि रहदा अबको विकल्प एन आर एन ए नन रेसिडेण्ट नेपाली एसोसिएशन हो भन्ने निर्णयमा नन रेसिडेण्ट नेपाली हरु पुगेको जानकारहरु बताउछन। हाल अमेरिकामा २ गुटले गरेको कथित साधारणसभाको न्युन उपस्थिति ,कार्यसमितिकै जिम्मेवार सदस्य र बरिस्ठ अभियन्ता हरुको बहिस्कारले पनि यो संदेश दिएको छ।

कमेन्ट गर्नुहोस्