फेरि बढ्यो हवाई भाडा (भाडादरसहित)

काठमाडौं । पेट्रोलिय पदार्थको मूल्यवृद्धिसँगै फेरि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले हवाई भाडा बढाउन बाध्य भएका हुन् ।

बुधबार एक सूचना जारी गर्दै हवाई भाडा वृद्धि भएको जानकारी दिइएको छ । जारी सूचनामा काठमाडौंदेखि धनगढीका लागि सबैभन्दा धेरै भाडा वृद्धि भएको छ । काठमाडौं–धनगढीका लागि २२० रुपैयाँ भाडा बढेको छ ।

भाडा वृद्धि भएसँगै अब काठमाडौंबाट धनगढी पुग्न १७ हजार २५ रुपैयाँ लाग्ने सूचनामा भनिएको छ । यस्तै, काठमाडौंदेखि सुर्खेत पुग्न १४ हजार ९९५ रुपैयाँ लाग्नेछ । यस रुटमा १ ७० रुपैयाँ भाडा वृद्धि भएको छ ।

तेस्रोमा काठमाडौंबाट पर्वतीय उडानका लागि भाडा १४ हजार ८९० रुपैयाँ रहेको छ । भाडा वृद्धि १७० नै रहेको छ । । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ ।

कमेन्ट गर्नुहोस्