माओवादी केन्द्रको बैठक सुरु

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीमा सुरु भएको छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयन लगायत विषयमा गृहकार्य गर्ने भनेर मङ्गलबार स्थगित गरिएको बैठक बुधबार संसद्मा सहभागी हुनुपर्ने भएका कारण स्थगित भएको थियो।

पदाधिकारी चयनका लागि पूर्वस्थायी समितिको बैठक बुधबार पनि पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको थियो । मङ्गलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको थियो । पार्टी अध्यक्ष प्रचण्डले बुधबार बैठक स्थगित गरेर संसद बैठकमा सहभागिता र पार्टीको जारी बैठकबारे छलफल गरे ।

केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकको आज तेस्रो दिन हो। आज अध्यक्ष प्रचण्डले संक्षिप्त राजनैतिक प्रतिवेदनमा आएका महत्त्वपूर्ण सुझाब लगायत समसामयिक परिवेशबारे संबोधन गर्ने र संगठनात्मक प्रस्तावमाथी छलफल गरि निर्णयमा पुग्ने कार्ययोजना रहेको नेताहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्