अखिल क्रान्तिकारीमा देखिएको समस्या समाधान गर्न विशेष समिति बनाइने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा देखिएको समस्या समाधानका विषयमा विशेष कमिटी बनाइने भएको छ । पार्टी बैठकमा बोल्दै पार्टी अध्यक्ष प्रचण्डले समस्या देखिँदै गएकाले एउटा कमिटी बनाएर समान गरिने बताए ।

यदि कमिटी बनाएर समाधान नभए कठोर कदम चालिने प्रचण्डले बताएको एक नेताले जानकारी दिए। अखिल क्रान्तिकारी अध्यक्षमा पञ्चा सिंह भएपनि अर्का उपाध्यक्ष पवन कार्कीले समानन्तर कमिटी बनाएर घोषणा गरेका छन् ।

सिंहलाई नै चुनौति दिनेगरी कार्कीले समानान्तर कमिटी बनाएपछि प्रचण्डले कमिटी बनाएर छलफल गरी समस्या समाधानको निष्कर्षमा पुगिने बताएका हुन् ।

कमेन्ट गर्नुहोस्