पार्टी केन्द्रको निर्णयको सम्मान र स्वागत गर्दछौं : पवन कार्की, विद्यार्थी नेता

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नेतृत्वसँग असहमति राख्दै समानान्तर संगठनको घोषणा गरेका विद्यार्थी नेता पवन कार्कीले विवादबारे आज पारटीको केन्द्रीय कमिटि बैठकमा भएको निर्णयको स्वागत गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता कार्कीले पार्टीले विशेष समितिमर्फत क्रान्तिकारीभित्रको विवाद हल गर्ने निर्णय सही भएको बताएका हुन ।

उनले लेखेका छन्
अखिल (क्रान्तिकारी)भित्रको विवादका सन्दर्भमा आज पार्टीको केन्द्रिय समितिको बैठकले विद्यार्थीको समस्या निकै गम्भीर भएको हुँदा यसको समस्या समाधान गर्न अहिले कार्यक्षेत्रमा भएका भन्दा वाहिरका नेता रहेको एक विशेष समिति वनाएर समस्या समाधान गर्ने र सम्मेलनतिर लाने। समस्या समाधान नभए कठोर कदम चाल्ने निर्णय लिएको हुँदा पार्टीको उक्त निर्णयको सम्मान र स्वागत गर्दछौं । पार्टि नेतृत्व प्रति हार्दिक आभार व्यक्त गर्दछौं । हामिलाई बिश्वास छ पार्टिले छिट्टै उक्त समिति निर्माण गरि संगठनलाई विशेष राष्ट्रिय भेलारसम्मेलनमा लैजाने छ । सम्पुर्ण साथिहरु लाई हामिले निर्णय गरेको विशेष राष्ट्रिय भेलाको तयारिमा जुट्न हार्दिक अपिल गर्दछौं ।

कमेन्ट गर्नुहोस्