कान्छा आरोही शम्भु तामाङको निधनले प्रचण्ड मर्माहत

काठमाडौं । सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर विश्व किर्तीमान राख्न सफल शम्भु तामाङको उपचारको क्रममा निधन भएको छ । उनको निधन प्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुःख व्यक्त गरेका छन् ।
सामाजिक संजालमा फेसबुक मार्फत सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरि विश्व किर्तीमान राख्न सफल शम्भु तामाङको निधनको खबरले आफुलाई मर्माहत बनाएको प्रचण्डले बताएका छन् ।

उनले लेखेका छन् –

सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्नु भई विश्व किर्तीमान राख्न सफल शम्भु तामाङको निधनको खबरले मर्माहत बनाएको छ। दिवंगत शम्भु तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।

कमेन्ट गर्नुहोस्