काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पार्टीको वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रको जारि केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले नारायणकाजिको नाम प्रस्ताव गरेका हुन ।
अन्य पदाधिकारिको बारेमा भने थप छलफलपछि सर्कुलरमार्फत जानकारि गराइने बताइएको छ ।
आज बसेको बैठकमा अध्यक्ष प्रचण्डले विधान अनुसार १२५ जना पोलिटब्यूरो सदस्यको नाम प्रस्ताव गरेका थिए । यद्यपि केही नाम थपघट गर्नुपर्ने भएपछि सो विषयलाई समेत छलफल गरि नयाँ प्रस्ताव तयार गरिने भएको छ ।
विधान अनुसार पोलिटब्यूरो सदस्यको एक तिहाई सदस्य रहेको स्थायी समिति गठन गर्नुपर्ने प्रावधान अनुसार, ४१ जनाको नाममध्ये नेकपा छँदाका १५ स्थायी समितिको नाम बैठकमा प्रस्तुत गरिएको थियो । बाँकी स्थायी समिति सदस्य यिनै स्थायी समितिमा छलफल गरेर टुंगो लगाउने छ ।