अचानक बादल फाटेर बाढी आउँदा १६ जनाको मृत्यु, दर्जनौं टेन्ट बाढीले बगायो (VIDEO)

नयाँ दिल्ली । भारतको प्रसिद्ध अमरनाथ गुफा दर्शन गर्न हिँडेका १३ जना तीर्थालुहरुको मृत्यु भएको छ ।

शुक्रबार साँझ गुफा नजिक पुगेको बेला अकस्मात बादल फाटेर बाढी आएका कारण उनीहरुको निधन भएको हो । बादल फाटेको बेला गुफा नजिक १० देखि १५ हजार श्रद्धालु रहेका थिए । मृतकहरुमा ३ जना महिला समेत रहेका छन् । पवित्र गुफामा फसेका यात्रुहरुलाई पन्चतरणी लगिएको छ । राहतको कार्य जारी छ ।

बादल फाटने घटना पवित्र गुफाको एक दुई किलोमिटर वरिपरि भएको बताइन्छ । योसँगै पहाडबाट अचानक तीब्र गतिको बाढी आएपछि श्रद्धालुहरुले लगाएका २५ टेन्ट र दुईतीन लंगर डुबेका थिए ।

कैयन श्रद्धालुहरुको शव फेला पर्न सकेको छैन ।

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।

बादल फाटनु भनेकाे बिना पूर्व स‌केत अचानक निकै ठूलाे बेगका साथ वर्षा हुनु हाे । यस्ताे बेला अन्य सामान्य अवस्थाकाे वर्षाा भन्दा कैयन गुणा तेज मुसलधारे पानी पर्दछ ।

कमेन्ट गर्नुहोस्