काठमाडौं । वर्षा याम सुरु भएसँगै भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि नामक कीरा आएको छ । धेरै मानिसहरू यसको एसिडका कारण बिरामी परेका छन् । यो कीरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको हो।
नैरोबी फ्लाई पूर्वी अफ्रिकाको मूल निवासी पेडेरस जीनसमा रोभ बीटलका दुई प्रजातिहरूको साझा नाम हो। बीटलहरूमा पेडेरिन भनिने एक संक्षारक पदार्थ हुन्छ, जसले छालाको सम्पर्कमा आएमा रासायनिक जलाउन सक्छ। यसले टोक्दैनन्, तर कसैको छालामा बस्दा यसलाई चलाएमा यो किराले एक शक्तिशाली रषायनिक पदार्थ छोड्छन् जसको कारणले जल्ने, पोल्ने अथवा घाउ हुने गर्दछ ।
भारी वर्षा पश्चात पुनः घाम लाग्दा बेलुका घरभित्र बलेको बत्तीमा झ्याल ढोकाबाट प्रवेश गर्ने यो किरालाई छुँदा मात्रै पनि एसिडले छालामा डडुवा घाउ जस्तो वा जनै खटिरा जस्तो घाउ बन्ने गर्दछ । यसै कारण यसलाई ड्रेगन बग (Dragon bug) अनि एसिड बग (Acid bug) पनि भनिन्छ। यदि यो किरा मान्छेको शरीरमा बसेको खण्डमा बिस्तारै उडाउनुपर्छ वा टक्टकाउँनु पर्छ र यसलाई चलाउनु वा छुनु हुँदैन।
साधारण त यो वर्षा यामको समयमा खिड्की, दैलो बन्द नगर्दा पनि यो घरभित्र पसेर हाम्रो छाला वा सम्पर्कमा आउँने गर्दछ ।हाल यो किराहरु भारतको सिक्किम, दारजीलिङ, कालिम्पोङ, पेदोङ, सिलिगुडिका विभिन्न ठाउँहरुमा देखिएको बताइएको छ । नेपालमा बर्दिया, कंचनपुर लगायत नेपाल–भारत सिमा क्षेत्र र मध्य पहाडमा पनि यस किराले धेरै मानिसलाई आतंकित बनाई रहेको छ।
यो किराको सम्पर्कमा आएमा के गर्ने त ?
यो किराको कारण आतंकित हुनुपर्दैन, उपचार गर्न सकिन्छ, यदि तपाईले किराको सम्पर्क आको लक्षण जून पोल्ने, घाउ हुने जस्ता हुन देखा परेमा नजिकैको स्वास्थ्य केन्द्रमा गई उपचार गराउन सकिन्छ । यो किराको कारण पोल्ने, चिलाउने, घाउ भएमा छाला रोग विशेषज्ञलाई देखाउन चिकित्सहरुकको सुझाव छ। एलर्जी भइसकेपछि केही दिनमा आफैँ निको हुने भए पनि छाला चिलाउने, पोलेमा चिकित्सकको सल्लाहअनुसार एन्टि एलर्जी क्रिम लगाउने चिकित्सकको भनाई । यदि जटिल अवस्था भएमा ट्याब्लेट खानुपर्छ । सामान्य समस्यालाई एन्टी एलर्जी मलम लगाउँदा पनि निको हुन्छ ।
नैरोबी फ्लाईबाट बाच्ने केहि उपायहरु
–अँध्यारो हुनु अघि सबै खिरकी र दैलोहरू बन्द गर्ने।
–सकेसम्म मच्छड़ दानीभित्र सुत्ने।
–यदि आफ्नो छालामा एउटा घस्रिरहेको देखियो भने, यसलाई हातले छुने मिच्ने भन्दा पनि छालाबाट हटाउनको लागि कागजको टुक्रा वा अन्य केहि प्रयोग गर्ने।
–यदि यो किरालाई हातले छोइसकियो भने हात र किरा बसेको अंग पानी र साबुनले धुने अन्य अंग वा आँखामा हात नलाने ।
–सुत्नु अघि ओछ्यान वरपर सफा गर्ने।
–घर र वरपर अतिरिक्त झर जंगल तथा फोहोर नराख्ने ।