कोलम्बो । गम्भीर आर्थिक संकट झेलिरहेको श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपति निवास घेराउ गरेका छन् ।
समाचार अनुसार, प्रदर्शनकारीहरुले निवास घेराउ गरेसँगै राष्ट्पति राजापाक्षे भने निवास छोडेर अन्यत्र भागेका छन् ।
यसअघि पनि श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले समेत राजीनामा दिएपछि चर्किको प्रदर्शनबाट बच्न परिवारसहित घर छोडेका थिए ।
स्थानीय मिडिया र रक्षा श्रोतलाई उल्लेख गर्दै न्यूज एजेन्सी एएफपीले यसको जानकारी दिएको हो । डेलि रिरका अनुसार प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेका छन र त्यहाँ कब्जा गरेका छन् । स्थानीय टेलिभिजन च्यानल न्यूजफस्र्टको भिडियो फुटेजमा प्रदर्शनकारीहरु झण्डा र हेल्मेट लगाएर राष्ट्रपति भवनभित्र प्रवेश गरेको देखिएको छ ।