माओवादी नेतृ कोइरालालाई पितृशोक

तनहुँ । नेकपा माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य, गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री आशा कोइरालालाई पितृशोक परेको छ । उनका बुबा प्रेमनिधी कोइरालाको शुक्रवार साँझ आफ्नै निवास गोरखा–३ नारेश्वरमा निधन भएको हो ।

८५ वर्षिय कोइराला राजनितिक र सामाजिक क्षेत्रमा क्रियाशिल थिए । उनले राणाविरोधी आन्दोलनबाट राजनितिमा प्रेरित भई २०१५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । पञ्चायती व्यवस्था विरूद्व सक्रिय भुमिका निर्वाह गरेका प्रेमनिधीले २०४६ सालको आन्दोलनका साथै जनयुद्धमा समेत सहभागि भएका थिए ।

जनयुद्धमा सक्रिय भएको आरोपमा वि.स.२०५४ असोजदेखि २०५६ कार्तिकसम्म गोर्खा कारागार र विरगञ्ज कारागारमा कारावास जीवन बिताएका थिए । नयाँ शक्ति पार्टीको संस्थापक सदस्य भएका उनी पूर्व शिक्षक हुन् । विन्ध्ववासीनी मा.वि. नारेश्वर, कृष्ण मावि र हिमालय मावि सिरानचोकका संस्थापक भएर काम गरे । स्व. कोइराला विगत ५ वर्षदेखि समयदेखि मुटुरोगबाट ग्रसित थिए । स्व. कोइरालाका ५ छोरी र ४ छोरा छन् । आशा काईली छोरी हुन् । स्व. कोइरालाको अन्तिम संस्कार म¥स्याङ्दी र दरौदी नदीको संगमस्थल रामशाह घाट, आँबुखैेरेनीमा शनिवार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्