श्रीलंकन राष्ट्रपति-प्रधानमन्त्रीले छाडे निवास , प्रधानमन्त्रीले भने- राजीनामा दिन तयार छु

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफूले राजीनामा दिन तयार रहेको बताएका छन् ।

आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् । आज जनताले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति राजापक्ष निवास छोडेर भागेका थिए ।

तेस्तै,प्रधानमन्त्री निवास छोडेर सुरक्षित स्थानमा गएका प्रधानमन्त्री रनिल विक्रमासिंघेले सबै राजनीतिक दलका नेताहरूलाई आकस्मिक बैठक बोलाएका हुन् । साथै, उनले विज्ञप्ति जारी गर्दै संसद बैठक बोलाउन पनि सभामुखलाई आग्रह गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रधानमन्त्री विक्रमासिंघे पनि शनिबार नै सुरक्षित स्थानतर्फ स्थानान्तरण भएको रोयटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्