- गणेश अधिकारी /पवन कुमार आचार्य
काठमाडौं ।विश्वका विशाल र शक्तिशाली राष्ट्र उत्तरमा चीन र दक्षिणमा भारतको बिचमा रहेको भूपपरवेष्ठित राष्ट्र हो नेपाल । कुल २४०० किलोमिटर लम्बाइ रहेको हिमालय श्रीङ्खलाको एक तिहाइ(८०० किलोमिटर)भाग नेपालले ओगटेको छ । यो देश विभिन्न प्राकृतिक श्रोतहरुले भरिपुर्ण छ । खनिज पदार्थहरु पनि देशको प्रमुख प्राकृतिक श्रोतहरु हुन् । प्राय खनिजहरु जमिन मुनि अवस्थित रहेका हुन्छन् र यी खनिजहरुलाई उत्खनन् गरी खानी रुपमा सञ्चालन गर्ने गरिन्छ । खनिजको प्रयोग हामी दैनिक अव्यस्त हुने चिजहरुमै देख्न सक्छौँ । घर बनाउन प्रयोग हुने ढुङ्गा, माटो, सरिया, इट्टा, सिमेन्ट, भुइँमा उच्छ्याउने टाइल, घरमा पोतिने रङ, जडान हुने लगायत सम्पूर्ण चिजहरु खनिज र यसको उत्खनन्सँग नै जोडिएको हुन्छ । हामीले दैनिक रुपमा उपभौग्य गर्ने वस्तुहरु अधिकांश खानी र खनिजको उपज हुन् ।
यस्ता स्रोतको दिगो प्रयोगले औद्योगिक विकास, रोजगारी सिर्जना, विदेशी वस्तु तथा सेवामा निर्भरता न्यूनीकरण, विदेशी मुद्राको बचत, व्यापार घाटा नियन्त्रण गर्न, देशको अर्थतन्त्रलाई बलियो बनाउन र योगदान गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
राम्रो गुणस्तरिय र उचित मात्रामा रहेको खजिन पदार्थहरुको उत्खनन् गरी दिगो विकास गर्न सकेको खण्डमा औद्योगिक विकासको मार्ग खुलेर देश विदेशी वस्तु तथा सेवाको निर्भरताबा माथि उठ्ने थियो । यसले विदेशी मुद्राको बचत, व्यापार घाटा नियन्त्रण गर्न, देशको अर्थतन्त्रलाई बलियो बनाउन र योगदान गर्न महत्वपूर्ण भूमिका खेल्नेमा दुविधा थिएन् । विश्वकै केहि धनी राष्ट्रहरुमा खानीको विकास व्यापक मात्रामा पाउन सकिन्छ ।
नेपालमा परापूव काल देखि नै परम्परागत रुपमा खजिनहरु उत्खनन् भएको तथ्य इतिहास भेटिन्छ । किसानहरु आँफुलाई चाहिने औजारहरु स्थानीय स्तरमा आँफैले निर्माण गर्दथे । करिब २५० वर्ष अगाडि पृथ्वी नारायण शाहले आफ्नो दिव्य उपदेशमा “पानी भयका ठाउँमा गाउँ भया, गाउँ सारि पानी चलाउनु” भन्ने कुरा संलग्न हुनुले उक्त कुराको पुष्टि गर्दछ । राणा शासन कालमा खनिजको प्रशोधन भई आँफुले चाहिने हातहतियार नेपालकै फलाम र शिशाबाट बनाइएको इतिहास छ । थोसे फलाम भण्डार (रामेछाप) मा सन १९२१ मा बन्दुक उत्पादन गर्ने कारखाना स्थापना भएको थियो । नेपालको पहिलो वैज्ञानिक गहेन्द्र शमसेर राणाले देशमै उत्पादन भएको फलाम र शिशाबाट बनाएका थिए ।
राणा शासनमा विदेशीहरुलाई प्रवेश गर्न निषेध गरिएको कारण भौगर्भिक अध्ययन, खनिजको अन्वेषण र आधुनिक प्रविधिको विस्तारले तीव्रता भने पाउन सकेन । वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना भए देखि विदेशीहरुलाई नेपाल प्रवेश गर्न दिइयो र नेपालमा भौगर्भिक अध्ययन अनुसन्धानको सुरुवात हुन पुग्यो । खानी तथा भूगर्भ विभागले पनि खनिजको खोज तथा अन्वेषण कार्यलाई तीव्रता दियो । खानी तथा भूगर्भ विभाग हाल नेपालमा भौगर्भिक अध्ययन, अनुसन्धान तथा खनिज सम्पदाको प्रबर्धन एंव विकासको लागि क्रियाशील रहेको एक मात्र सरकारी संस्था हो । यो नेपालको सम्भवत सबैभन्दा पुरानो विभागहरु मध्ये एउटा विभाग हो । यस विभागको ऐतिहासिक पृष्ठभूमि केलाएर हेर्दा वि.सं. १९८६ मा नहर तथा जियोलोजि अड्डा, वि.सं. १९९९ मा खानी अड्डा, वि.सं. २०२४ मा भौगर्भिक सर्वेक्षण विभाग हुँदै वि.सं. २०३३ मा आएर यसको नामाकरण खानी तथा भूगर्भ विभाग रहन गएको हो । खनिज पदार्थको खोज तथा अन्वेषण, खानी सञ्चालनको अनुमतिपत्र जारी गर्नुको साथै यसको नियमन पनि गर्ने गरेको छ ।
नेपालमा व्यवस्थित रुपमा भौगर्भिक नक्साङ्कन, खनिज पदार्थको खोज तथा अन्वेषण हुन थालेको वि.सं. २०१८ मा खानी विभागको स्थापना र २०२४ मा भौगर्भिक सर्वेक्षण विभागको स्थापना भए देखि नै हो । वि.सं. २०२३ मा राज्यको लगानि रहेको काठमाडौँमा अवस्थित हिमाल सिमेन्टको स्थापना भएको थियो । वि.सं. २०४० सालमा पेटोलियम ऐन र वि.सं. २०४२ मा खानी तथा खनिज ऐनको निर्माण गरी पेटोलियम र खनिज पदार्थको अध्ययन, अनुसन्धान र उत्खननलाई विधिवत रुपमा अगाडि बढाइएको थियो ।
खानी तथा भूगर्भ विभागको अनुसार नेपालमा ६३ थरिका खनिजहरु (धातु, अधातु, रत्न पत्थर, पेट्रोलियम, प्राकृतिक ग्ँयास, भूतापीय तातो पानी) को उपलब्धता रहेको छ । नेपालका विभिन्न स्थानहरुमा विभिन्न प्रकारका खनिजहरु भेटन सकिन्छ । नेपालको केहि क्षेत्रमा भेटिएका मुख्य खनिज र यसको सम्भाव्य क्षेत्र तालिका १ मा प्रस्तुत गरिएको छ ।अहिले खानीको खोजतलास कार्य तीव्र रुपमा विस्तार भएको छ । खानी तथा भूगर्भविभागले वर्षेनी नीजि क्षेत्रलाई खोजतलास र खानी सञ्चालनको लागि अनुमतिपत्र प्रदान गर्ने गरेको छ । वि.सं. २०७७/७८ मा खानी तथा भूगर्भ विभागले जारी भएका तालिका २ मा दिइएको छ । यसमा पनि चुनढुङ्गाको उत्खनन् र खोजतलास कार्यको लागि अधिक मात्रामा अनुमति पत्र जारी गरिएको छ । चुनढुङ्गा उत्खनन्बाट हाल ५५ वटा सिमेन्ट उद्योगको स्थापना भएको छ भने अरु निर्माणन्मुख रहेका छन् । चुनढुङ्गाको अलावा रत्न पत्थरहरुको उद्योग पनि उत्खनन् तथा खोजतलास कार्यका प्रभावकारी अनुगमन नहुँदा राज्यले करोडौं राजस्व गुमाईरहेको छ । नेपालमा करिब सात बर्ष अगाडी नाकाबन्दीको समयमा खनिजको उत्खनन गर्ने कुरा निकै चल्यो, आफुलाई चाहिने खनिज आफै उत्पादन गर्ने र आत्मनिर्भर बन्ने देशको सपना अहिले फेरि सेलाउँदै गइरहेको छ । तर पनि नेपालका सम्पूर्ण राजनैतिक दलको पहिलो एजेण्डा आर्थिक वृद्धि र मुलुकाको समृद्धि हो, जुन सफलता बनाउने पहिलो आधार खानी र खनिज हो । तसर्थ सरकार एंव राजनीतिक दल गम्भिर हुन आवश्यक छ ।यस क्षेत्रमा सरकारले अध्ययनमा धेरै भन्दा धेरै लगानी गर्न आवश्यक पनि रहेको छ ।
जेफ्री सैक्स र एन्ड्यू वानरको एउटा अध्यनले खनिज स्रोत देशको आर्थिक वृद्धिको आधार मात्र नभई मानव विकास सुचाङ्कको प्रमुख आधार पनि हो भन्ने प्रमाणित गरेका थिए । तसर्थः नेपाल सरकारले खनिजलाई पहिलो प्राथामिकतामा राखेर देसलाई नयाँ तरिकाले समृद्धि तर्फ लग्न जरुरी छ ।
नेपाल परिचय लगायत केहि सन्र्दभ सामाग्रीको सहयोगमा
(लेखक दोय त्रि–चन्द्र क्याम्पस भूगर्भशास्त्रका विद्यार्थी हुन् । )