घोराही खानेपानी सस्थामा गठबन्धन प्यानल बिजयी

शोभा बन्जाडे ,

असार २६, दाङ्ग।घाेराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे अध्यक्षमा देवीबहादुर डिसी (पानी बाजे ) पुन: विजयी भएका छन् । डिसीले गठबन्धन प्यानलकाे नेतृत्व गरेका थिए । डिसीले दुई हजार दुई सय ९४ मत प्राप्त गरि  बिजय भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार नारायण भुसालले एक हजार ८५ मत प्राप्त गरेका छन् ।

डिसी संस्थामा साताैँ कार्यकालका लागि निर्वाचित भएका हुन् । २०६० सालदेखि डिसीले संस्थामा निरन्तर नेतृत्व गर्दै आएका छन् ।

वरिष्ठ उपाध्यक्षमा गठबन्धन प्यानलका भरतमणि पाण्डेय एक हजार आठ सय ८२ मत ल्याएर विजयी भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार नरबहादुर बुढाथोकीले एक हजार दुई सय ९७ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्षमा गठबन्धन प्यानलका हेमन्ती राेका मगर एक हजार छ सय ९७ मत ल्याएर विजयी भएकी छन् भने संयुक्त प्यानलका उम्मेदवार लक्ष्मीसिंह ठकुरीले एक हजार तीन सय ९८ मत प्राप्त गरेकी छिन ।

सचिवमा गठबन्धन प्यानलका धर्मेन्द्र श्रेष्ठ एक हजार आठ सय २६ मतले विजयी भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार दिपक कुमार श्रेष्ठले एक हजार दुई सय ९८ मत प्राप्त गरेका छन् ।

काेषाध्यक्षमा गठबन्धन प्यानलका ध्रुव केसी दुई हजार एक सय ९२ अत्यधिक मतले विजयी भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार सानुनारायण अधिकारीले आठ सय ९८ मत प्राप्त गरेका छन ।

महिला सदस्यमा गठबन्धनका खुमा खड्काले दुई हजार एक सय ६७, विन्दु पाण्डेयले एक हजार आठ सय ७० र यशोदा पाण्डेयले एक हजार छ सय ६८ मतले विजयी भएका छन् ।
त्यस्तै संयुक्त प्यानलका ज्योती रोका मगरले एक हजार ६६, देवकला पाण्डेले एक हजार एक सय ४३ र लक्ष्मी अधिकारीले एक हजार दुई सय ६० मत प्राप्त गरेका छन् ।

खुला सदस्यमा गठबन्धन प्यानलका किशोर आचार्य दुई हजार ९२,युवराज आचार्यले एक हजार छ सय १० र दिनेश वली एक हजार चार सय ७२, मतले विजयी भएका छन् ।

संयुक्त प्यानलका महेश न्यौपानेले एक हजार ११, हरि खरेलले एक हजार दुई सय १ र सुनिल बनियाँले सात सय ९१, मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार दिएका नारायण लामिछानेले छ सय ६५ मत प्राप्त गरेका छन् ।

२०६० सालदेखि डिसीले निरन्तर रूपमा संस्थाकाे नेतृत्व गर्दै आएका छन् । डिसी आम उपभोक्ताका माझ `पानी बाजे´ नामले परिचित छन् ।

नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो। कुल सात हजार एक सय २३ मतदाता रहेकाेमा तीन हजार पाँच सय ६५ मत खसेकाे थियाे ।

कमेन्ट गर्नुहोस्