कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक पहिलो पटक बसेको हो ।

नेपाली कांग्रेसका नेताहरुका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ । स्थानीय चुनावको समिक्षासँगै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने गरी छलफल केन्द्रित हुने नेताहरुले जनाएका छन् ।

 

आगामी निर्वाचनमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने आम भावना रहेको एक नेताले बताए । कांग्रेस केन्द्रीय केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको समीक्षा बैठकको मुख्य एजेण्डा रहेको बताए ।

बैठकमा डा. शेखर कोइराला पक्षले भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

 

कोइराला पक्षले बैठक सुरु हुनुअघि नै पार्टी कार्यालयमा सभापति देउवाविरुद्ध प्रदर्शनसमेत गरेको थियो ।

कमेन्ट गर्नुहोस्