चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका छन् । नेपालको चारदिने भ्रमणमा रहेका लिउ आज दिउँसो प्रचण्ड निवास खुमलटार पुगि अध्यक्ष प्रचण्ड र माओवादीका नेताहरुसँग सामुहिक भेटवार्ता गरेका हुन् ।

 

भेटमा माओवादी केन्द्रका शिर्ष नेताहरु र चिनियाँ भ्रमण दलका प्रतिनिधिहरुको सहभागिता थियो । भेटमा नेपाल -चिन सम्बन्ध र पारस्पारिक सहयोगका विषयमा कुरा भएको नेताहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्