खरेलसहित एमाले भक्तपुरका दर्जन नेता माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत

ललितपुर । नेकपा एमालेका भक्तपुर जिल्ला ठिमी गरका नगर सदस्यसहितका नेताहरु नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । आज विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नगर सदस्य बेद प्रसाद खरेलसहितका एक दर्जन नेताहरुलाई माओवादीमा स्वागत गरेका हुन् ।

नेकपा एमालेका ठिमी नगर सदस्य खरेल लगायतका नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेको माओवादी केन्द्रीय सदस्य डीपी ढकालले जानकारी दिए । प्रवेश कार्यक्रममा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित शिक्षा मन्त्री देवेन्द्र पौडेल,भक्तपुरका नेताहरु दिलिप प्रजापती, डीपी ढकाललगायत सहभागि थिए ।

 

कमेन्ट गर्नुहोस्