काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदका दुबै सदनबाट विभिन्न पाँच विधेयक प्रमाणित गरेका छन् ।विभिन्न मितिमा पारित भएका विधेयक सापकोटाले आज प्रमाणित गरेका हुन् ।
यस्ता छन् आज प्रमाणित भएका विधेयक
१. लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,
२. आर्थिक वर्ष २०७९ ।०८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,
३. ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक,
४. राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक,
५. नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ।
प्रमाणित विधेयकले राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनी रुप लिने छ ।