काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विकृतिविरुद्ध नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको केन्द्रीय कमिटी असनमा बसेको छ । आजदेखि १३ बुँदे माग राखेर कीर्तिपुरस्थित त्रिवि उपकुलपतिको कार्यालयमा अनेरास्ववियूका केन्द्रीय नेताहरू आमरण अनसनमा बसेका हुन् ।
मुलुकको सबैभन्दा ठुलो र पुरानो विश्वविद्यालय विभिन्न समस्याहरूबाट जेलिएको अनेरास्ववियूको निष्कर्ष छ । विश्वविद्यालयभित्र विकृतिका ताङ हुँदासमेत त्रिवि पदाधिकारी मौन बसेको उनीहरूको आरोप छ ।
अनसन बस्नेहरूमा संगठनका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्त, उपमहासचिवहरू महेश श्रेष्ठ, अशोक थापा, कल्याण दाहाल, मेघनाथ चापागाईं, दिनेश लो, निश्चल गुप्ता रहेका छन् । यस्तै, सचिवहरू टेकेन्द्र मल्ल र संगिताराना मगर तथा स्थायी कमिटी सदस्यहरू विपिन पराजुली, कल्पना सापकोटा, अमर पुन र प्रेम विश्वकर्मा पनि असनमा बसेका छन् ।
सचिवालय सदस्यहरू शोभा बम, प्रकाश थापा, समीर गौतम, प्रज्वल थापा, हर्क बम पनि अनसनमा बसेका छन् ।
यस्ता छन् १३ बुँदे माग
१. एम.फिल. र पीएचडीलाई नियमित बनाइयोस् स्रोत, साधन र प्राध्यापक चाहिँ त्रिविको प्रयोग गर्ने तर विद्यार्थीबाट चर्को शुल्क असुल्ने कार्य किमार्थ तर्कसङ्गत हुन सक्दैन तसर्थ शुल्कलाई सर्वसुलभ बनाइयोस्
२. प्रत्येक दुई–दुई वर्षमा सम्पन्न हुने स्ववियू निर्वाचन १४ वर्ष देखि भएको छैन, स्ववियु निर्वाचनको मिति तत्काल घोषणा गरी विद्यार्थीले आफ्नो रचनात्मक क्रियाशीलताको साझा मञ्च स्वतन्त्र विद्यार्थी युनियनको गठन लोकतान्त्रिक प्रतिस्पधांका माध्यमबाट गर्न पाउने स्थिति सुनिश्चित गरियोस् ।
३. सेमेष्टर प्रणालीलाई व्यवस्थित वनाइयोस् । यो प्रणाली भिन्न तमामखाले समस्या देखिएका छन् । भखरै मात्रै विविए छैठौ सेमेष्टरको परिक्षा पुनः सन्चालन गर्ने क्रममा Organizational Behavior विषयको ठाउमा Nepalese Society and Politicsविषयको प्रश्नपत्रवाट परिक्षा हलमा पठाएको घटनाले हजारौ विद्यार्थी प्रभावित भएका छन र त्रिविको विश्वस्नीयता गुमेको छ । यो लाजमर्दो हर्कतमा जोडिएका सम्पुर्ण जिम्मेवार पदमा रहेका असक्षम भ्रष्टहरुलाई कार्वाही गरियोस् ।
४.पछिल्लो पटक त्रिवि सेवा आयोगले लिएको परिक्षाको नतिजा शून्य आएको घटनावाट विश्वविद्यालयको गरिमा माथि आँच पुगेको छ, यसको कारण पहिचान गरी परिणाममुखी प्रणाली स्थापना गरियोस् ।
५.त्रिभुवन विश्वविद्यालयका सवै सङ्कायहरूको पाठ्यक्रम समयअनुसार अद्यावधिक र परिमार्जन गरियोस् ।
६. त्रिभुवन विश्वविद्यालयभित्र दुई खाले शिक्षा प्रणाली देखिएको छ । केही निजी कार्यक्रमहरु महङ्गो शुल्कमा चलिरहेका छन्, यसले त्रिविको शिक्षा प्रणालीमा विभाजन ल्याएको छ । यो असमान र विभेद प्रणालीको अन्त्य गरी त्रिवि अन्तंगतका सम्पूर्ण कार्यक्रमहरू समान ढङ्गले सुलभ शुल्कमा सञ्चालन गर्ने ब्यवस्था मिलाइयोस् ।
७. त्रिविको परीक्षा प्रणालीमा सुधार गरियोस् परिक्षा प्रणली छिटो छरितो र विश्वसनीय होस् । समयमै नतिजा प्रकाशन नभएका कारण विद्यार्थीको भविष्य माथि खेलबाड हुँदै आएको छ । सवै तहको अन्तिम परीक्षा सकिएको बढीमा तीन महिनामा नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाइयोस् ।
८.परीक्षा नियन्त्रणको केन्द्रीकृत प्रणालीका कारण बल्खुमा विद्यार्थीको चाप अत्याधिक भयो तसर्थ बल्खुवाट वितरण गरिने ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल सट्रिफिकेट लगायत प्रमाणपत्रहरू प्रदेश परिक्षा नियन्त्रण कार्यालयमार्फत हरेक क्याम्पसमै उपलब्ध हुने व्यवस्था मिलाइयोस् । यी सवै प्रमाणपत्रहरूको फारम भर्न अनलाइन व्यवस्था गरियोस् ।
५.त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र अन्य नियुक्तिमा हुने राजनीतिक भागवण्डाको अन्त्य गरी प्रतिस्पर्धाको आधारमा दक्ष र अनुभवी व्यक्तिहरू नियुक्त हुने स्थितिको सुनिश्चितता गरियोस् ।
१०. त्रिभुवन विश्वविद्यालयको चलअचल सम्पत्ति के कति हो सार्वजनिक गरियोस, आज त्रिवि स्वामित्वको जमीन अतिक्रमण भएको र अन्य सम्पत्ति समेत हिनामिना भएका समाचारहरू आइरहेका छन् यो सम्वन्धि सत्यतथ्य कुरा के हो छानविन गरी सार्वजनिक गरियोस् ।
११.शान्तिपूर्ण तरिकाले उपकुलपतिलाई ज्ञापन पत्र वुझाउन जादा अनेरास्ववियूका तत्कालिन कार्यवहाक अध्यक्ष माधव पन्त लगायत १० जना नेताहरुलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखिएको घटना निन्दनीय रहेको छ । अनेरास्वविय जस्तो स्थापित संगठनलाई अराजक समूह नामाकरण गरी त्रिवि रजिष्टार कार्यालयले प्रकाशित गरेको सूचनाप्रति घोर आपत्ति जनाउदछौ । तत्काल यो सुचना सच्याउदै पदाधिकारीहरुले आमरूपमा माफी माग्नुपर्ने ।
१२. त्रिभुवन विश्वविद्यालयको कानून संकाय अन्तंगत उपत्यकामा नेपाल ल क्याम्पसमा मात्रै पठनपाठन हुने भएकोले अन्य आगिक क्याम्पसमा पनि पढाई संचालन गरियोस् ।
१३.त्रिभुवन विश्वविद्यालयभित्र यति धेरै विकृति विसंगति भइरहदा समेत त्रिवि पदाधिकारी कुर्सीमा टासिएर बसिरहन मिल्छ र रु