वरियता क्रमबारे कांग्रेस प्रदेश सभापतिहरु असन्तुष्ट, यस्तो छ प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पार्टीका विभिन्न तह र निकायका पदाधिकारी र सदस्यको मर्यादाक्रम प्रस्ताव गरेको छ । केन्द्रीय समिति बैठकमा मंगलबार कांग्रेसले पार्टी सभापतिदेखि साधारण सदस्यसम्म कांग्रेसले १२१ मर्यादाक्रम प्रस्ताव गरेको छ ।

जसको पहिलो स्थानमा सभापति, त्यसपछि क्रमशः पूर्व केन्द्रीय सभापति, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री, संसदीय दलका नेता, केन्द्रीय पदाधिकारी, संसदीय दलका पूर्व नेता, केन्द्रीय पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रियसभा दलका नेता, प्रदेश सभापति, केन्द्रीय आमन्त्रित सदस्यलगायत रहेका छन् ।

कांग्रेसका प्रदेश सभापतिहरुले पार्टीले छलफलमा ल्याएको प्रस्तावित वरियताक्रममा असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय, सानेपामा मंगलबार बसेको बैठकमा वरियताक्रमको मस्यौदा पेश भएको थियो, जसमा प्रदेश सभापतिहरुलाई केन्द्रीय सदस्यभन्दा तल राखिएको छ ।

तर प्रदेश सभापतिहरुले आफूहरुलाई केन्द्रीय सदस्य भन्दा अगाडि राख्नुपर्ने माग गरेका छन् ।

मर्यादाक्रमको अन्तिम स्थानमा क्रियाशील सदस्य र साधारण सदस्य रहेका छन् ।

हेर्नुहोस् प्रस्तावित मर्यादाक्रम

 

कमेन्ट गर्नुहोस्