एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग विदेश विभाग प्रमुख लिउको भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनष्टि पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता सम्पन्न भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको टोलीले मंगलबार एभरेष्ट होटलमा भएको भेटवार्ता गरेका हुन ।

एकीकृत समाजवादीले दिएको जानकारी अनुसार, भेटका अवसरमा अध्यक्ष नेपालले एक चीन नीतिप्रति स्पष्ट रहेको बताए।

“हाम्रो चीनप्रतिको नीति स्पष्टरुपमा बताएका छौं। नेपाल एक चीन नीतिप्रति दृढ छ। चीनको आन्तरिक मामिलामा हस्तेक्ष हुने पक्षमा नेपाल छैन,ु उनले थपे, “तिब्बतको इस्यु होस् या ताइवानको त्यो चीनको आन्तरिक मामिला हो भन्ने हामीले धारणा राखेका छौं।”

उनले दुई देशबीचको सम्बन्धलाई घनिष्ठ बनाउन र दुई पार्टीबीचको सम्बन्धलाई थप विस्तार गर्नेबारे छलफल भएको बताए।
चिनियाँ नेता लिउले नेपाल र चीनको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै विभिन्न पार्टीहरुसँगको सम्बन्ध बलियो बनाउन चाहेको बताएका थिए। “चीनले नेपाललाई पहिलो प्राथमिकतामा राखेर महत्व दिएको कुरा उहाँले बताउनुभयो,” लिउको भनाइ उद्धृत गर्दै नेपालले भने।

कमेन्ट गर्नुहोस्