२०७३ सालमैं अर्थ विभागका सदस्य थिए महाप्रसाद अधिकारी (पूर्ण सूचिसहित)

काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागमा एम. अधिकारीका नामले सदस्य रहेका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नेकपा गठन हुनुअघि समेत सोही विभागमा रहेका थिए ।

नेकपा एमालेले २०७३ साल जेठ २१ गते जारी गरेको प्रेस विज्ञप्तीमा सुरेन्द्र पाण्डे प्रमुख रहेको अर्थ तथा योजना विभागमा अधिकारी सदस्य थिए ।

त्यतिबेला उनको नाम महाप्रसाद अधिकारी, खोटाङ भनेर नै उल्लेख गरिएको छ ।

एमालेले जारी गरेको पछिल्लो विज्ञप्तीमा भने घनश्याम भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागमा उनलाई एम. अधिकारी भनेर सदस्यमा राखिएको छ ।

सरकारी ओहदामा बसेको र त्यसमा पनि मुलुकको राष्ट्रयि बैंकका गर्भनर नै पार्टीको सदस्य रहेको पाईएपछि यसले ठूलो बहस सिर्जना गरेको छ ।

नेकपा एमालेका कतिपय नेता तथा अधिकारीले एम अधिकारी नाम गरेका व्यक्ति महाप्रसाद अधिकारी नै भएको र उनी विभागका केही बैठकमा समेत उपस्थिति भएको दावी गरेका छन् । अधिकारीले भने एम नाम गरेको व्यक्ति आफू नभएको बताएपनि २०७३ सालमा सोही जिल्लाबाट महाप्रसाद अधिकारी सोही विभागको सदस्य हुनु र अहिले पनि एम अधिकारी उल्लेख हुनुले उनी नै विभाग सदस्य भएको स्पष्ट देखिन्छ ।

कमेन्ट गर्नुहोस्