गर्भनर अधिकारीलाई निलम्बन गरी छानबिनकाे माग गर्दै वाइसिएलले प्रर्दशन गर्ने

काठमाडौं । गर्भनर महाप्रसाद अधिकारी विरुद्ध नेकपा माओवादी केन्द्रको सहाय संगठन वाइसिएलले विरोध प्रर्दशन गर्ने भएको छ । गर्भनर जस्तो मान्छे एमालेको मामूलि कार्यकर्ता भएर अर्थतन्त्र ने धरासायी बनाउँन लागि परेको उनले बताए । गर्भनर अधिकारीका गतिविधि देश प्रति नै गद्धारीपूर्ण भएको भन्दै उनीमाथि छानविनको माग राखेर विरोध प्रर्दशन गर्न लागेको वाइसिएलका केन्द्रिय संयोजक सुमन देवकोटाले बताए ।

देवकोटाले भने–“देशको केन्द्रीय बैंकको गभर्नर जस्तो अति महत्वपुर्ण र संवेदनशील जिम्मेवारी लिएका व्यक्ति राजनैतिक दलको कार्यकर्ताको पदिय जिम्मेवारीमा रहनु अत्यन्तै लज्जाजनक विषय हो । गभर्नरको जिम्मेवारीमा रहेका एमाले नेता महाप्रसाद अधिकारीलाई तुरुन्त निलम्बन गरि छानबीन गर्न अर्थ मन्त्रालयको समेत जिम्मेवारी लिनुभएका सम्माननीय प्रम शेर बहादुर देउवासंग जोड्दार माग गर्दछौं ।”

यसअघि पनि गर्भनर अधिकारीले एमाले अध्यक्ष ओलीको निर्देशनमा सरकार असफल बनाउँने नाममा अर्थतन्त्रलाई नकारात्मक दिशामा लैजान भुमिका खेलेको उनको आरोप छ । गर्भनर एमालेको कमिटिमा जिम्मेवारी लिएर काम गरिरहेको कुरा सार्विजनिक हुनुले महाप्रसादले राष्ट्रप्रति अक्षम्य गतिविधिलाई पुष्टि गरेको उनको भनाई छ । गर्भनरकै कारण सेयरबजारमा समस्या उत्पन्न भएको भन्दै युवा लगानिकर्ता समेत गर्भनरका कतुत विरुद्ध एकजुट हुनुपर्ने देवकोटाले बताए ।

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको ऐन मिचेर लाज पचाउँदै गर्भनरको रुपमा बसेको बताउँदै संयोजक देवकाले भने,–“नेपाल राष्ट्र बैंक ऐन, २०५८को दफा २१ को उपदफा (क)मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त व्यक्ति “राजनैतिक दलको सदस्य वा पदाधिकारी” भएमा नियुक्त हुन अयोग्य हुने छ, भन्ने व्यवस्था छ उनी निरन्तर एमाले कार्यकर्ता रहेको तथ्यहरु सार्वजनिक भएसँगै गर्भनर पदमा बसिरहने कुनै नैतिक आधार रहेन उनले स्वतः राजिनामा दिनुपर्छ । नभए प्रधानमन्त्रिले तुरुन्त निलम्बन गर्नुपर्छ ।”

गर्भनरको लज्जाजनक गतिविधिको विरुद्ध बुधबार ४ः०० बजे माइतीघर मण्डलामा विरोध प्रर्दशन कार्यक्रम राखिएको देवकोटाले जानकारी दिए । साथै,उनले युवाहरुलाई उक्त कार्यक्रममा सहभागी हुन अपिल समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्