प्रतिनिधि सभाको बैठक सुरु,उपसभामुखको निर्वाचन मिति तोकिने(कार्यसूचि सहित)

काठमाडौं । नेपाल संघीय संसद प्रतिनिधि सभा एघारौ अधिवेशनको ३९ औं बैठक आज(असार २९ गते बुधबार) बिहान ११ः०० बजे सुरु भएको छ । बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ” (नियमन) विधेयक , २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउँने कार्यक्रम रहेको प्रतिनिधि सभाका सचिव श्री गोपालनाथ योगीले जानकारी दिए।

बैठकमा उपसभामुख पदको निर्वाचनको दिन र समय तोकिने बताइएको छ ।सभामुखले अग्नी सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम पदको निर्वाचनको लागि दिन र समय तोक्ने छन् । तेस्तै व्यवस्थापन कार्य “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक” , २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु प्रेम सुवाल , शेरबहादुर तामाङ र भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचि छ ।

हेर्नुहोस् यस्तो छ कार्यसूचि

कमेन्ट गर्नुहोस्