राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।

नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ ।

बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी छिन् । यो राष्ट्र बैंकको ऐन विपरित भएको भन्दै उनले भनिन्, ‘राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माग गर्छु ।’

त्यस्तै,शुन्य समयमा अन्जना विशंखे र अमृता थापाले पनि गर्भनर अधिकारीमाथि छानविन गर्न माग गरिन् ।

कमेन्ट गर्नुहोस्