राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टाचार भेटको भएको हो । लिउ जियानचाओ आजै स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

चार दिने भ्रमणका लागि टोली आइतबार नेपाल आएको थियो । भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,नेकपा एमालेका अध्यक्ष ​केपी शर्मा ओली, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेको थियो ।

कमेन्ट गर्नुहोस्