उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौं । ‍प्रतिनिधिसभा उपसभामुखको निर्वाचन शुक्रबार हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचनको दिन र समय तोकेका हुन् ।

प्रतिनिधिसभाको बुधबारको दैनिक कार्यसूचीमा सभामुखले “प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि दिन र समय तोकेका हुन् ।

प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि थियो। सरकारले संवैधानिक परिषद्सँग सम्बन्धित ऐनमा परिवर्तन गर्न विधेयक ल्याएसँगै उपसभामुख निर्वाचन प्रक्रिया अघि बढेको हो ।

कमेन्ट गर्नुहोस्