गर्भनर अधिकारीलाई बर्खास्त नगरे आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने अनेरास्ववियू क्रान्तिकारीको चेतावानी

काठमाडौं। राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न अनेरास्ववियू क्रान्तिकारीले माग गरेको छ। गर्भनर अधिकारीलाई बर्खास्त नगरे आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने क्रान्तिकारीले चेतावनी दिएको छ ।

गर्भनर अधिकारी एमालेको अर्थ योजना विभागको सदस्य रहेको भन्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न सरकारसँग माग गरेको हो।


गर्भनरलाई बर्खास्त नगरे आन्दोलनमा उत्रने चेतावनी बुधबार अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्तिमा दिइएको छ।

साथै, अनेरास्ववियू क्रान्तिकारी र वाईसीएल नेपालले अधिकारीको बर्खास्तीको माग गर्दै आजै दिउँसो ४ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन्।

कमेन्ट गर्नुहोस्