मतदाता नामावलीमा अनलाइनबाट नाम दर्ता शुरु, यस्तो छ प्रक्रिया

काठमाडौं । मतदाता नामावलीमा नाम दर्ताकालागि अनलाइन सेवा आजबाट शुरु भएको छ । उक्त सेवा काठमाण्डौ उपत्यकाबाट शुरु भएको हो।

मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी उपत्यकामा रहेका नेपाली नागरिकले अनलाइनबाट यो सेवा लिन सक्ने निर्वाचन आयोगका सचिव गोर्कणमणि दुवाडिले जानकारी दिए । उनले निर्वाचन आयोगको इतिहासमा अनलाइन प्रणालीको प्रयोगमा यो एक महत्वपूर्ण फड्को हुने विश्वास समेत व्यक्त गरे।

हालसम्म मतदाता नामावलीमा नाम दर्ता नगरेका नेपाली नागरिकले आयोगको वेबसाईटमा गई व्यक्तिगत विवरण भर्न सक्नेछन् र सो विवरण भरिसकेपछि आफुलाई पायकपर्ने निर्वाचन कार्यालयमा हाललाई काठमाडौं उपत्यका भित्रमात्र पठाउन सक्नेछन। त्यस पश्चात प्राप्त हुने सङ्केत नम्बर लिएर फोटो र औंठाछाप दिन सम्बन्धित कार्यालयमा जानुपर्नेछ।

नाम दर्ताको लागि क्लिक गर्नुहोला ।

नोटःसचिव हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

कमेन्ट गर्नुहोस्