काठमाडौंको भृकुटीमण्डपमा आगलागी

तस्बिरः नरेन्द्र मोक्तान

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।आगलागीका कारण के कति क्षति भएको छ भन्ने एकिन नभएको प्रहरीले बतायो ।

आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

कमेन्ट गर्नुहोस्