खोटाङ सेवा समाज कतार द्वारा बिदाइ कार्यक्रम सम्पन्न

महेश दाहाल ,

असार २६, कतार। कतारमा स्थापित नेपाली सामाजिक सस्थाहरु मध्यको जेठो सस्था खोटाङ सेवा समाज कतारले बिगत लामो समय देखि सस्थाको विभिन्न कार्यक्रमहरुमा महत्वपुर्ण योगदान गर्दै आउनुभएका सस्थाका शुभचिन्तक सीता राइलाइ मायाको चिनो सहित बिदाइ गरेको छ ।

सस्थाको अध्यक्ष कैलाश श्रेष्ठको अध्यक्षतामा दोहाको मुन्तजा पार्कमा भएको बिदाइ कार्यक्रममा सीता राई विशेष अतिथी तथा सस्थाका सल्लाहकार तिलाबहादुर खत्री र एकराज राई अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।
सस्थाका महासचिव पर्शुराम श्रेष्ठ पवनले सन्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डिल्लिशेर खड्काले स्वागत मन्तब्य राख्दै कार्यक्रमलाई अगाडि बढाउनुभएको थियो यसैगरी अथिती तिलाबहादुर खत्री र एकराज राइले सीता राइले खोटाङ सेवा समाज कतारको प्रगतिमा पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा उहाको प्रगतिको कामना गर्नुभएको थियो।

उदयपुर स्थायी बसोबास भएको सीता राई बिगत लामो समय देखि कतारलाइ कर्मथलो बनाउदै यहाँ कार्यरत हुनुहुन्थ्यो उहाँ अहिले कतारको बसाइलाइ अन्त्य गरी आगामी बिहिबार नेपाल फर्कनुहुदैछ पुर्ख्यौली घर खोटाङ भएको कारण आफू खोटाङ सेवा समाज प्रती सधै प्रतिबद्ध भएर सकेको योगदान गरेको बताउनुभयो साथै आगामी दिनमा खोटाङ सेवा समाजको उन्नतिको लागि सहयोग सुभेच्छा रहिरहने बताउनुभयो ।

अध्यक्ष कैलाश श्रेष्ठले सस्थाको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो भने सल्लाहकार पदाधिकारीहरुले खादा ओढाएर बिदाइ गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष श्रेष्ठले खोटाङ सेवा समाज कतारले सस्थागत बिदाइ गरे पनि आगामी दिनमा मातृभुमिमा हुने समाजिक अभियानमा एकै ठाउमा भइने भएकोले बिदाइ मात्रै नभएर फेरि भेटौला भन्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

सस्थाले यस अघिको नियमित बैठकमा तीन कार्यकाल सकृय रुपले सस्थामा आवद्ध भइ बिबिध कारणले नेपाल जानुभएका किशोर भट्टराई पुनः कतार आउनुभएकोमा सस्थामा निरन्तर सकृयताको अपेक्षा सहित स्वागत गरेको थियो त्यसै गरि कार्यसमिती सदस्य भिमकुमार दर्जिलाइ बिदाइ गरेको थियो पछिल्लो कार्यकालबाट सस्थामा सक्रिय रुपले जोडिनुभएको भिमकुमारले कतार बसाइलाइ बिट मार्दै नेपाल फर्किने निर्णय गर्नुभएपछी उहालाइ सस्थाको तर्फबाट उज्ज्वल भविस्यको शुभकामना सहित बिदाइ गरिएको थियो ।

कमेन्ट गर्नुहोस्