राज्यद्धारा बेपत्ता शिक्षक हरि खनाल लगायतको अवस्था सार्वजनिक गर्न माग गर्दै काठमाण्डौंमा दीप प्रज्वलन

काठमाडौं । बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै बेपत्ता परिवारका आफन्तले काठमाडौंको माइतिघरमा दीप प्रज्वलन गरेका छन् ।दीप प्रज्वलन माओवादी जनयुद्धका क्रममा बेपत्ता पारिएका स्याङ्जा जिल्ला गल्याङ् नगरपालिका (साविक पकवादी –४)को श्री जानकी माध्यामिक विद्यालयका शिक्षक हरि प्रसाद खनालको परिवारको आयोजनामा गरिएको थियो । दीप प्रज्वलनमा बेपत्ता तथा सहिद परिवारका आफन्त, माओवादी केन्द्र लगायत पूर्व माओवादीहरुको सहभागिता थियो ।

कार्यक्रममा संविधान सभा सदस्य वरिष्ट अधिवक्ता एकराज भण्डारीले जनयुद्धको क्रममा एक हजार ९८ जना बेपत्ताको भएको आफुहरुसँग तथ्याङ्क रहेको बताए । उनले राज्यले शान्ति सम्झौता भएको ६० दिन भित्र बेपत्ताको स्थिति सार्वजनिक गर्ने सहमति भएपनि राज्य जिम्मेवार नभएको बताए । उनले बेपत्ताको स्थिति सार्वजनिकको गर्न माग गरे ।

बेपत्ता परिवारको तर्फबाट आफ्नो धारणा राख्दै अधिवत्ता सुसिला चौधरीले बेपत्ताका आफन्तले दिएको उजुरी हरायो कि छ ? भनेर प्रश्न गरिन् । बेपत्ताको स्थिति सार्वजनिक गर्न राज्य नै गम्भिर नबनेको उनको भनाई थियो । बेपत्ता नागरिकको नेपाल सरकारले तथ्यांक समेत नराखेको उनले गुनासो गरिन् ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पिबिएम अमृता थापाले बेपत्ताको स्थिति सार्वजनिक गर्न बेपत्ता तथा सहिद परिवारहरुले माओवादीको मूल नेतृत्व प्रचण्डलाई सबैले साथ दिनुपर्ने बताईन् । देश आमुल परिर्वतको साझा मुद्दा र भावना बोकेर जनयुद्धमा होमिएका योद्धाको स्थिति सार्वजनिक हुँन नसक्दा आफुलाई दुःख लागेको बताइन् । उनले जनयुद्धको क्रममा गुरु हरि खनाललाई घरमै गएर भेटेर जनयुद्ध संचालन र देशको आमुल परिर्वतनबारे गरेको छलफलको समेत स्मरण गरिन् । उनले शिक्षक खनालको बौद्धिकता र योगदानको प्रसंसा गरिन् । आमुल परिर्वतन गरि नयाँ समाज निर्माणकालागि गरिएको जनयुद्धले आंशिक उपलब्धि हासिल गरेपनि सहिद र बेपत्ताको सपनालई पुर्णता दिन सबैले मिहनेत गर्नुपर्ने बताइन् । बेपत्ता र सहिद योद्धाको योगदानको कदर र उहाँहरुको परिवारलाई राहत दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा कार्यक्रम ल्याए पनि छिट्टै सरकारबाट बाहिरिनुपरेकाले राजपक्रमा प्रकाशित गर्न नसक्दा कार्यान्वयनमा जान नसकेको बताइन् । उनले जनयुद्धको मुल नेतृत्व प्रचण्डलाई त्यसपछिको पार्टी टुट्फुट र विभाजनको कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन अफ्ट्यारो परेको भन्दै सहिद र बेपत्ताको सपनालई पूर्णता दिन सबै एकताबद्ध हुनुपर्ने बताइन् । आफुले संसदमा र कानुन मन्त्री समेत भेटेर शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन झक्झकाइ रहेको बताइन् ।

थापाले विप्लव र वैद्यको संगठनमा रहेका बेपत्ता परिवारलाई सार्वजनिक गर्न निरन्तर लागेका सबैले उनीहरुको अवस्था सार्वजनिक गर्ने काममा सहयोग पुर्याउन भुमिका खेल्न आग्रह गरिन् ।माओवादी आन्दोलनको मुल नेतृत्वलाई गालि मात्रै गर्ने सहयोग नगर्ने गर्दा आन्दोलनका मुद्धा र सपना झन कमजोर हुने उनको भनाई थियो । उनले सबै माओवादीहरु एकताबद्ध भएर संघर्षलाई निरन्तर अघि बढाउँदै राज्यलाई जवाफदेही बनाउन लाग्नुपर्ने बताइन् । जनयुद्ध र महान सहिद तथा बेपत्ताको बलिदानीबाट गणतन्त्र,संघीयता, समावेशिता र धर्मनिरपेक्षता लगायतका उपलब्धि भएको हुँदा टाढा बसेर गाली गर्ने भन्दा पनि सबै माओवादीहरु एकजुट भएर देशलाई सहि दिशामा लैजानु पर्ने उनको भनाई थियो । सहिद र बेपत्ताको सपना साकार पार्नका निम्ति माओवादीको मूल नेतृत्व प्रचण्डलाई साथ दिदै एकताबद्व भई संघर्षमा एकजुट हुन थापाले सबैलाई आग्रह गरिन् ।

कार्यक्रममा बेपत्ता हरि खनालका छोरा केशव खनालले सहिजिकरण गरेका थिए ।

शिक्षक हरि खनाललाई वि।स। २०५९ असार २९ गते राज्यद्धारा परिचालित सेनाले बेपत्ता पारेको थियो ।उनी बेपत्ता भएको २० वर्ष पुरा भएको छ । उनी लगायत बेपत्ता नागरिकको अवस्था अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्